बाँकेमा शान्तिपूर्ण रुपले मतदान जारी



कोहलपुर ।

बाँकेमा शुक्रबार दिउँसो १२ बजेसम्म शान्तिपूर्ण रुपले मतदान भइरहेको छ ।

जिल्लाका सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कुनै पनि मतदास्थलमा विवाद भएको छैन ।

निर्वाचनलाई ध्यानमा राखेर बाँकेको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षाको लागि परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार