4 February 2023  |   शनिबार, माघ २१, २०७९

हुम्लाको अदानचुली र चंखेलीमा तनाव, प्रहरीद्वारा हवाई फायर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

हुम्ला ।

हुम्लाको अदानचुली र चंखेली गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा झडप भएको छ। चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएका छन्।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रावत घाइते भएको कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

बास्तोलाका अनुसार झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ।

यस्तै जिल्लाको अदानचुली ४ स्थित कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा पनि झडप भएको छ। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको एसएसपी बाँस्तोलाले जानकारी दिए।

केही बेर मदतान कार्यक रोकिए पनि सर्वपक्षीय भेला बसेर पुनः मतदान सुरू भएको एसएसपी बाँस्तोलाले जानकारी दिए।

 

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     11:22:03 AM  |