मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९
कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा विहानैदेखि मतदान सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि छान्नको लागि स्थानीयहरु उत्साहका साथ विहानैदेखि मतदान केन्द्रम पुगिरहेका छन् ।
कोहलपुरका संघीय सरकारले युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले पिपिरी मतदान केन्द्रमा मतदान गरेका छन् ।
यस्तै कोहलपुर २ स्थित लक्षमी मावि मतदान केन्द्रमा पनि मतदाताहरुको उल्लेख्य सहभागिता देखिएको छ ।
बृद्धबृद्धादेखि बालक काखमा बोकेर मतदाताहरु मतदान केन्द्रमा आइरहेका छन् । वडा नम्बर २ कोहलपुरमा सबैभन्दा धेरै मतदाता भएका वडाहरु मध्ये एक हो । यहाँ करिब सात हजार मतदाता रहेका छन् ।