मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९
बाँके ।
संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले मतदान गरेका छन् ।
उनले शुक्रबार बिहान कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित पिपिरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
उनीसँगै उनकी श्रीमती लुम्बिनी प्रदेश सांसद पार्वती पुनले समेत सोही मतदान केन्द्रमा मतदान गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री अथकले आफुले कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित पिपिरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा रहेको मतदान केन्द्रमा मतदान गरेको जानकारी दिएका छन् ।