स्थानीय तह निर्वाचनः बाँकेको सुरक्षा व्यवस्थामा थप कडाई



कोहलपुर ।

मतदानको केही घण्टाअघिसम्म बाँकेका विभिन्न स्थानमा राजतीतिक दलहरुबीच झडप भएपछि बाँकेको सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ ।

बिहीबार राति नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका स्थानमा राजनीतिक दलहरुबीच झडप भएको थियो । झडपले ठूलो रुप लिन नपाएपनि मतदानको क्रममा झपड हुने सम्भावनालाई ध्यानमा राखेर थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

‘मतदानको क्रममा कुनै निर्वाचन विरोधी गतिविधि नहुन् भनेर हामीले थप सुरक्षा कडाई गरेका छौं’ बाँकेका एक सुरक्षा अधिकारीले भने, ‘फिल्डमा थप सुरक्षाकर्मी परिचालन गरिएका छन् ।’

निर्वाचन सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार