तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा नक्कली बम प्रहार



काठमाडौँ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको घरमा नक्कली बम प्रहार भएको छ।

तुलसीपुर उपमहानगरपालिका-५ मा रहेकाे घरमा दुई वटा नक्कली बम प्रहार भएको इलाका प्रहरी कार्यालयका डिएसपी श्याम अर्यालले बताए ।

‘सुरुमा त पेट्रोल बम भनियाे । पछि अनुसन्धान गर्दा त्याे नक्कली रहेकाे पत्ता लाग्याे,’ डिएसपी अर्यालले भने, बियरकाे खालि बोत्तलमा भुस भरेकाे, मट्टीतेल हालेर, बाती निकालिएको रहेछ ।

तर्साउन नक्कली बम बनाएछन्। एउटामा आगो सल्किएर निभ्याे। अर्काे बल्दै बलेन।´
गिरीले नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका छन्। तुलसीपुरमा कांग्रेसले मेयरमा र एकीकृत समाजवादीबाट जाेगबहादुर रानाले उपप्रमुखमा उम्मेदवारी दिएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २९ गते बिहीबार