श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौंमा आकस्मिक अवतरण गराइँदै



काठमाडौं ।

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।

जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं आइरहेको छ ।

त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ । जहाज क्याप्टेन बी. राजवंशीले उडाइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार