3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

साढे तीन दशक शिक्षण पेशा गरेका थारु भन्छन्, ‘कसम खान्छु, वडाध्यक्ष भए भ्रष्टाचार गर्दिन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९  

बाँके ।

नेकपा (माओवादी केन्द्र)बाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार देवीराम थारुले वडाबासीको सेवा गर्ने बताएका छन् । करिब ३४ वर्ष सरकारी स्कुलका प्रधानाध्यापक भएका उनले राजिनामा दिएर शुक्रबार हुन गइरहेको स्थानीय चुनावमा वडाध्यक्ष पदका उम्मेदवार बने ।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध भएपछि वडाबासीको सेवा गर्ने हेतुले राजिनामा दिएर उम्मेदवार बनेको थारु बताउँछन् । ‘मैले ४५ सालमा शिक्षण पेशा सुरु गरेको हुँ’ माओवादीबाट वडाध्यक्षका उम्मेदवार थारुले भने, ‘यो सयमामा धेरै विद्यार्थीहरुलाई सेवा गर्ने अवसर पाए । वडाबासीले पनि अमूल्य मत दिएर सेवा गर्ने अवसर दिनुहुुन्छ भन्ने आशा राखेको छुँ ।’

बुवा जित बहादुर थारु र आमा च्यामी थारुको माइला सुपुत्रका रुपमा २०२४ सालमा जन्मिएका थारु राप्ती सोनारी– ९ उद्दैन टोलका स्थायी बासिन्दा हुन् । सरल, शान्त शालिन र भद्र स्वाभावका थारु भ्रष्टाचार विरोधी व्यक्ति हुन् ।

‘मैले विद्यालयमा रहदाँ १ रुपैयाँ पनि भ्रष्टाचार गरिन म धर्ति माताका कसम खान्छु मलाइ भ्रष्टाचार गरेर एक पैसा खानुछैन’ उनले भने । स्थानीयबासी पनि तीन दशक लामो समय शिक्षण पेशामा बिताएका थारुलाई नै मत दिने बताउँदै आएका छन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९     8:41:15 PM  |