28 January 2023  |   शनिबार, माघ १४, २०७९

नेपालगन्ज घर भएकी भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९  

काठमाडौं ।

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ ।

नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको स्रोतले बतायो । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९     9:39:08 AM  |