अनुभवीले खारिएकी नारायणी



बाँके ।

नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारिएकी सक्षम महिला नेतृ हुन् ।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यकालिका सदस्यको भुमिका निर्वाह गरिसकेकी वली पुनः कोहलपुर नगरपालिकाको नेतृत्वका लागि चुनावी मैदानमा छिन् ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनमा वलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट कोहलपुर नगरपालीकाको उपमेयर पदमा उम्मेदवारी दिएकी छन् ।

वि.स. २०५५ सालमा अनेरास्ववियूको प्रारम्भीक कमिटिमा आवद्ध भएर राजनैतिक यात्रा सुरु गरेकी वली पछिल्लो समय नेकपा (एकिकृत समाजवादी) बाँके जिल्ला कमिटि सचिवालय सदस्य तथा कोहलपुर नगर कमिटि अध्यक्षका रुपमा राजनितिमा सक्रिय छिन् ।

राजनितिमा महिला सहभागिता बढाउनका लागि महिला स्वयं नै अग्रसरता हुनुपर्ने धारणा राख्ने वली महिलालाई अवसर दिने हो भने पुरुष सरह काम गर्न सक्छ्न भन्ने गतिलो उदाहरण हुन् ।

विषेश गरी महिलाहरुका मुद्दालाई शसक्त रुपमा उठाउँदै आएकी युवा नेतृ वली सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ की स्थायी बासिन्दा वलीले विभिन्न क्षेत्रमा लामो अनुभव समेत हासिल गरेकी छन् ।

२०६१ सालमा सुशासन तथा पैरवीकर्ता (वन) मा आवद्ध भएकी वली प्ररायु संघको जिल्ला सदस्य हुँदै सम्मेलन आयोजक कमिटिको सचिवसम्म भएकी थिईन् । राजनितिसँगै खेलकुदमा समेत विशेष चासो राख्ने वली जिल्ला खेलकुद विकास समिति बाँकेको कोषाध्यक्ष समेत भईन् ।

जिल्ला महिला पैरवी मञ्च बाँकेको अध्यक्ष, राष्ट्रिय महिला अधिकार सरोकार मंचको केन्द्रिय सदस्य तथा कार्यवाहक कोषाध्यक्ष भईसकेकी वली २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ बाट महिला सदस्य पदमा निर्वाचित भएकी थिईन् ।

कार्यपालिका सदस्य हुँदै नगरपालिकाको विभिन्न जिम्मेवारीमा रहँदा वलीले शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिलाको क्षेत्रमा उदाहरणीय काम गर्न सफल भईन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा प्रत्यक्ष रुपमा उद्धार तथा उपचार कार्यमा सहभागी भएकी वली आफै पनि कोरोना संक्रमित भएकी थिईन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार