कोहलपुर बदल्ने सपना बोकेका ‘योद्धा’



‘समृद्ध सुशासन र विकासशील कोहलपुर हाम्रो सरोकार’ मूल नारासहित विद्युत्लाई पहिलो प्राथमिकता दिएका उनले प्रत्येक परिवारलाई ५० युनिट विद्युत् र १० युनिटसम्म खानेपानी निःशुल्क गर्ने, विपन्नलाई रासनकार्ड, पक्की आवासका लागि पाँच लाखसम्म सहुलियत ऋण, टोलटोलमा क्निलिक, सबै वडामा टिनको छानो विस्थापित गर्ने, दिगो विकास र टिकाउ निर्माणमा जोड, कोहलपुरभित्र १० हजार नयाँ रोजगारी सिर्जना गर्नेदेखि जनयुद्धका घाइते, सहिद परिवारका लागि विशेष आर्थिक प्याकेटसम्म संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

कोहलपुर ।

राजनीति सेवा हो, पेसा होइन । राजनीति पैसा कमाउने र भ्रष्टाचार गर्ने माध्यम बन्नु हुँदैन । निरन्तर जनताको सेवा गरिरहनुपर्छ । हार र जीत हरेक खेलका स्वाभाविक परिणाम हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा कोहलपुरको प्रमुखमा पराजित भएपछि नरेन्द्र न्यौपाने गाउँ छिरेर जनताको सेवामा लागे । बरु जितेकाहरु कहिल्यै फर्किएनन्, जनताका कुरा सुन्न । हारे पनि उनले निरन्तर जनताका कुरा सुनिरहे ।

समस्या समाधान गरिरहे । राजनीति भनेकै जनताको सेवा गर्ने सर्वेपरी माध्यम हो भन्ने मान्यताका साथ न्यौपाने दिनरात, घामपानी, अभाव र अवरोध नभनी पाँच वर्ष अबिराम भुइँ मान्छेहरुका सारथि बनिरहे । विगत पाँच वर्षमा कोहलपुरको केही ठाउँ छैन होला, नरेन्द्र नपुगेको । उनी जहाँ पुगे त्यहाँ जनतालाई जनताका रुपमा पाएनन्, रैतिको रुपमा देखे, भोगे र समस्या सुने ।

तिनै जनताले जिताएका व्यक्ति प्रतिनिधि नभई शासक बनेको गुनासो गरिरहन्थे जनताहरु । उनीहरुले भन्थे, ‘हामीले भोट हालेर गएकाले आफू र आफ्नाका लागि मात्रै काम गरे । हाम्रो समस्या बुझ्ने कोही पनि आएन ।

हामीलाई हाम्रो समस्या बुझेको मान्छे चाहियो ।’ संघीयतापछि आएका जनप्रतिनिधि पनि सिंहको रुपमा कहिलेकाहिँ मात्रै झुल्किन्थे । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा गाउँमा त पुग्यो, खासमा जनताको अवस्था परिवर्तन गर्न अधिकार गाउँमा पुगेन । नरेन्द्र न्यौपाने ती नै पात्र हुन्, जो हिजो भुइँ मान्छेहरुलाई अधिकार पाउनुपर्छ । एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य हुनुपर्छ भनेर जीवन समर्पण गरे ।

जनताले शासन गर्न पाउनुपर्छ भन्दै २०५२ मा सुरु भएको जनयुद्धमा होमिए । जनताको लागि संघर्ष गरे । ज्यानको आहुति दिन तयार भएर मृत्यु स्वीकार गरेर कठिन संघर्षबाट खारिएर इस्पात भएका छन् । यिनै संघर्ष, बलिदान, विद्यार्थी राजनीतिको अग्रमोर्चा सम्हालेदेखि समाज र जनताका समस्या बुझेका सफल नेतृत्वकर्ता, युवा जोश र जाँगर भएका शिक्षित युवाको परिचय बोेकेका उनी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका छन् ।

दोस्रोपटक चुनावी मैदानमा संघर्षरत न्यौपाने आफ्नो उम्मेदवारी राजनीतिको एक महŒवपूर्ण परीक्षाका रुपमा लिन्छन् । आफूले अघिल्लोपटक चुनाव हारे पनि पाँच वर्ष जनताकै पक्षमा काम गरेका कारण सेवकको रुपमा काम गर्न जनताले नै भोट दिएर विजयी गराउनेमा विश्वस्त देखिन्छन् । उनी भन्छन, ‘मैले जनताको सेवा गरेँ । जनताका समस्या बुझेँ ।

उनीहरुको सुख र दुःखको सारथि बने ।’ अहिले चुनावी घरदैलो अभियानअन्तर्गत जनता भेटघाटमा व्यस्त न्यौपाने भन्छन्, ‘अनुसार जनताले योग्य र जनमैत्री उम्मेदवार खोजेका छन् । मतदाता परिवर्तनको पक्षमा छन् । उनीहरुले जनताको प्रतिनिधि खोजेका छन् । लामो समय जनताको माझमा गएर उनीहरुको समस्या बुझेको एकमात्र उम्मेदवार म हुँ जनताले जिताउने छन् ।’

चुनावी अभियानका क्रममा जनताले आफूलाई भनेका कुरा सुनाउँदै उनले भने, ‘हामीले धेरैपटक भोट हाल्यौं । अपेक्षानुसार विकास भएन । जनप्रतिनिधि गाउँ फर्किएनन् । त्यसैले यसपटक कुशल नेतृत्व आउनु प¥यो । जनताको समस्या हल गर्ने नेतृत्व चाहियो । खासगरी युवा, जनताका समस्या बुझेको विद्वान् मान्छे चाहिएको छ । तपाईंलाई हामी जिताउँछौं भनेका छन् ।’

स्थानीय तह निर्वाचनमा दुई दलीय गठबन्धनका प्रमुखका उम्मेदवारी न्यौपानेको जन्म २०३७ पुस २१ गते जुम्लाको तत्कालीन गज्र्याङकोट गाविस वडा नम्बर ५ धवलपुरा हाल गुठिचौर गाउँपालिका वडा नम्बर ४ मा बुवा धनकृष्णा न्यौपाने र आमा जन्मकन्या न्यौपानेको कोखबाट भएको थियो । निम्न माध्यमिक तह श्री सत्यवादी मावि दशौदीबाट गरेका उनले माध्यमिक तहको अध्ययन भने चन्दननाथ माविबाट पूरा गरेका हुन् । इन्टर पिसिएल तह जुम्ला बहुमुखी क्याम्पसबाट गणित मूल विषयमा पूरा गरेका थिए ।

मानविकी संकायबाट शिक्षा बाँकेस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बिए गरेका उनले राजनीतिक शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट डिग्री र नेपाल ल क्याम्पसबाट एलएलबी तहसम्मको अध्ययन पूरा गरेका छन् । मध्यमखालको परिवारमा जन्मे हुर्केका उनी राजनीतिमा भने भिनाजुको प्रेरणाले जोडिएका थिए ।

२०५२ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका न्यौपानेले त्यतिबैलै अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएका थिए । २०५४ सालमा अखिल क्रान्तिकारी जुम्लाको सदस्य भएका उनी क्याम्पस पढ्ने बेला २०५६ सालदेखि ‘पूर्णकालीन’ भए । पछि २०५८ सालमा अखिलकै जुम्ला–कालीकोट अध्यक्ष र पार्टीको एरिया कमिटी सदस्य, हुँदै पार्टीको विशेष कमिटीको सदस्य भएका न्यौपानले २०६० सालमा अखिलको केन्द्रीय सदस्य भए ।

२०६३ मा केन्द्रीय सचिवालय सदस्य, २०६५ मा केन्द्रीय सचिव, २०७१ मा वरिष्ठ उपाध्यक्ष हुँदै २०७३ साल साउन १२ गते अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष चुनिएका थिए । भर्खरै सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्य छन् । २०६१ सालदेखि कोहलपुरमा स्थायीरुपमा बसोबास गर्दै आएका न्यौपानेले कोहलपुर क्षेत्रको शैक्षिक क्षेत्रको सुधार, विभिन्न जनमैत्री कामदेखि राजनीतिक आन्दोलनको अग्रमोर्चामा रहेर काम गरिसकेका छन् ।

कोहलपुरका तीन मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारमध्येका एक उनी आफूहरुभन्दा फरक उम्मेदवार भएको दाबी गर्छन् । आफू राजनीतिको प्रारम्भदेखि नै देश र जनताको व्यवस्था परिवर्तनमा लागेर गणतन्त्र संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणाली, समावेशितासहितको अधिकार ल्याउनका निम्ति बलिदान गर्न तयार भएर, युद्धमा लडेर, मर्न तयार भएर, परिवर्तन ल्याएर आजको परिवर्तन स्थापित गराउने योद्धा हुँ । ‘अरुभन्दा धेरै गुणा माथि छुँ ।

हिजो जनताको पक्षमा लड्दा खाएका गोली अहिले पनि शरीरमा बोकेर जनताको सेवा गरेर नाफाको जिन्दगी बिताइरहेको छुँ,’ उनले भने, ‘कुनै पनि कुरा प्राप्त गर्न मसँग स्वार्थ छैन । लाभ लिनुपर्ने छैन । म अरुमा भन्दा भिन्न छुँ । योग्यता, जिम्मेवारीका हिसाबले कोहलपुरको नेतृत्व गर्न सक्ने व्यक्ति हुँ ।’ कोहलपुरको विकासका लागि आफूले उठाएका एजेण्डा दीर्घकालीन रहेको उनको दाबी छ ।

उनले मूलभूतरुपमा कोहलपुरको विकास, समृद्धि नै मुख्य आधार भएको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । विद्युत्लाई पहिलो प्राथमिकता दिएका उनले प्रत्येक परिवारलाई ५० युनिट विद्युत् र १० युनिटसम्म खानेपानी निःशुल्क गर्ने, विपन्नलाई रासनकार्ड, पक्की आवासका लागि पाँच लाखसम्म सहुलियत ऋण, टोलटोलमा क्निलिक, सबै वडामा टिनको छानो विस्थापित गर्ने, दिगो विकास र टिकाउ निर्माणमा जोड, कोहलपुरभित्र १० हजार नयाँ रोजगारी सिर्जना गर्नेदेखि जनयुद्धका घाइते, सहिद परिवारहरुका लागि विशेष आर्थिक प्याकेटसम्म संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । कोहलपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकृीकत समाजवादीले चुनावी तालमेल गरेका छन् ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार