26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोहलपुरमा एमालेले जनताको मन जितेर मत पाउँछ, मदिरा र पैसा बाँड्दैन: उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९  

कोहलपुर ।

नेकपा एमालेको तर्फबाट कोहलपुरमा मेयरका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयरको उम्मेदवार अस्मिता थारुले जनताको मन जितेर मत प्राप्त गर्ने बताएका छन् । मदिरा र पैसा दिएर मतदाताको अबमुल्यन गर्ने राजनीतिक संस्कार आफुहरुको नरहेको उनीहरुले जनाए ।

कोहलपुर नगरपलिका वडा नं। १ को झरकट्टीमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै उपमेयर उम्मेदवार चौधरीले एमाले जनताको पार्टी भएको र जनताको मत स्वाभिमानका साथ पाउने अपेक्षा गरेको हुदा मत किन्नेकाम नगर्ने बताइन ।

यहाँ अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले मदिरा खुवाउने र पैसा बाड्ने काम गर्दै आएकोे बताउँदै उनले एमाले त्यस्ता कार्यको बिरोधी भएको जनाइन । एमाले पार्टीमा भ्रष्टचारका खिलाफ रहेको र त्यस्ता कार्य निस्तेज पार्नकालागि उम्मेदवारी दिएको चौधरीको भनाई छ ।

मेयर पदका उम्मेदवार भुसालले नेकपा एमाले पार्टी वडा नं ८ मा जनताहरुको जनस्तर सुधार गर्नुका साथै बिकास निर्माणका हरेका गतिबिधीमा एमालेको अग्रसरता भएको बताए ।

एमालेका भिजन र जनप्रतिनधीहरुको जनताप्रतिको उत्तरदायित्व बहन गरेको सहजै देख्न र अनुभुत गर्न पाइने उनले बताए । त्यसैले एमाले जनजाती, दलित, सकुम्बासी र हरेका समुदायको प्रतिनिधित्व गर्ने पार्टी भएको हुदा हाम्रालाई भन्दा राम्रालाई भोट दिन समेत आग्रह गरेका थिए । यस्तै स्थानीयहरुले पनि आफुहरु एमालेको पक्षमा मतदान गर्न आतुर रहेको स्थानीय कलावती बिकले बताइन ।

प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९     8:10:11 PM  |