घननाथ बैजनाथको विकासको कुरा गर्दै, प्रतिस्पर्धी कुरा काटेर बस्दै



नेपालगन्ज ।

बाँके जिल्लाको विकासको सम्भावना बोकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा छन् नेकपा एमालेका नेता घननाथ खनाल ।

खनालले बैजनाथलाई आफ्नो राजनीतिक जिवन सर्मपण गरेका छन् । दिनरात नभनी पार्टी संगठन मात्र होइन त्यहाँको हरेक दुःख सुखमा खटिएका छन् । अब पालिका अध्यक्ष बनेर बैजनाथलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउने उद्घोष गरेका छन् ।

आर्थिक, सामाजिक र पर्यटकियरुपमा बैजनाथ उत्कृष्ट बनाउने खनालले बताए । मतदाताको घर–घमा पुगेर बैजनाथ बनाउने भिजन बुझाइरहेका खनाल भन्छन्–‘बैजनाथमा विकासको नयाँ मोडेल बनाउने थुप्रै सम्भावना छ । हामी यसलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउन चाहान्छौं ।’

खनालप्रति मतदाताकाको आर्कषण देखेर अन्य प्रतिस्पर्धीहरु आत्तिएका छन् । आत्तिएका उनीहरुले भ्रम फैलाउदा खनालले भने बैजनाथलाई उत्कृष्ट पालिका कसरी बनाउने भन्ने भिजन लिएर मतदाताको घरमा पुगिरहेका देखिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २४ गते शनिबार