5 February 2023  |   आइतवार, माघ २२, २०७९

‘जनतासँग माफी नमागी पुनः मत माग्ने नैतिक आधार एमालेसँग छैन:’ शाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९  

कोहलपुर ।

नेपाली काँग्रेस बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले बैजनाथका जनतासँग माफी नमागी पुनः मत माग्ने नैतिक आधार एमालेसँग नभएको बताउनुभएको छ ।

बैजनाथको वडा नम्बर–२ मा भएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शाहीले एमाललेले गत पाँच वर्षमा के काम गर्यो भन्नेर उपलब्धिबारे जनतालाई जानकारी गराउन नसक्ने स्थिती आएको समेत टिप्पणी गर्नुभयो ।

०७४ यता पाँच वर्ष एमालले बैजनाथ पालिका सरकार चलाएको र यो समय खेर फालेको शाहीको आरोप छ । शाहीले एमालले बैजनाथमा यो गर्छु र त्यो गर्छु भनेर आश्वासन मात्रै दिएको तर काम गर्ने समय खेर फालेकाले पाँच वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताउनुभयो । यस्तै शाहीले नाफा नोक्सानको हिसाब किताब गर्ने व्यापारीलाई एमालले उम्मेदवार बनाएको आरोप लगाउनुभयो । शाहीले भन्नुभयो–‘आफु सिद्धान्त र विचारको राजनीति गर्ने व्यक्ति हुँ ।

राजनीति मेरा लागि सेवा तर एमालले क्यालकुलेटर बोकेर हरेक कामको हिसाबकिताब राख्ने व्यापारीलाई उम्मेदवार बनाएर राजनीतिलार्ई ब्यापारीकरण गरेको छ ।’शाहीले पालिकामा जनतालाई विभिन्न आश्वसान दिएर जनतालाई झुक्काउने काम गरेको बताउनुभयो। शाहीले पैसाले राजनीति गर्ने भन्दा मनि जनताको मन जित्न सक्नुपर्ने भनाइ राख्नुभयो ।

शाहीले राजनीतिलाई व्यापारिकण गर्ने काममा जोड्न नहुन बताउनुभयो । २०४२ सालमा राजनीति गर्दै गर्दा २०६० सालपछि घननाथ खनाल विशुद्ध व्यापार गरीरहेका बेला राजनीतिमा केही अवसर पाइन्छ कि भनेर कम्युनिष्ट पार्टीमा लागेको कटाक्ष गर्नुभयो ।

एमाललेले गरीबलाई चामलको बोरा दिएर, सुकुम्बासीलाई लालपुर्जा दिन्छु भनेर झुटको खेती गरेर नातापाता र आफन्तलाई मात्रै अवसर दिएको आरोप लगाउनुभयो । जनताको सेवा गर्ने भावनाबाट आफु राजनीतिमा आएकाले एमालेका उम्मेदवार खनालले पैसाले भोट खरीद गरे पनि जनताको मन जित्न नसक्ने शाहीले उद्घोष गर्नुभयो ।

प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९     7:54:02 PM  |