3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

समृद्ध वडा बनाउने ‘हरिप्रसाद’को योजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९  

पाँच वर्ष जनताको सेवक भएर घरदैलो मै पुगेर सेवा दिइरहे । उनले वडावासीको मात्रै मन जितेनन् । विपक्षी दलका जनप्रतिनिधिहरुसँग समेत सधै समन्वयात्मक ढंगबाट सहयोग र सहकार्यका माध्यमबाट अघि बढिरहे ।

सामान्य विषयमा समेत दलगत विरोध हुने स्थानीय तहमा बाँसगढी ५ पृथक रह्यो ।

मिसन संवाददाता । बाँसगढी ।

मानिसको सबैभन्दा ठूलो शक्ति, ‘इच्छा शक्ति’ हो । जहाँ इच्छा त्यहाँ उपाय भने झै एक व्यक्तिको क्रियाशीलता र लोकप्रियताले ठूलो अर्थ राख्छ । अझ राजनीतिमा क्रियाशीलता र इमान्दारीता सबैभन्दा ठूलो सम्पत्ति हो ।

अझ जनपक्षीय राजनीति गर्नेहरु त झन सधै जनताको प्यारो भइरहन्छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा बर्दियाको बाँसगढी–५ मा यस्तै आश्चर्य भयो, वडाध्यक्षसहित सिंगो वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले विजयको झण्डा फराएका थिए । तर नेकपा एमालेका सम्पूर्ण उम्मेदवार पराजित हुँदा तीनैमध्ये एक हरिप्रसाद पौडेल लोकप्रिय मतसहित विजयी हुन सफल भए ।

उनी मात्रै विजयी हुनु पनि पौडेल र सिंगो नेकपा एमाले पार्टीका लागि सानो सफलता थिएन । निरन्तर जनताको सेवामा सक्रिय पौडेलका लागि जीवन मै महŒवपूर्ण क्षण बन्यो ।

उनीमाथि वडा नम्बर ५ का जनताले गरेको भरोसा र आशा कहिल्यै पनि टुट्न दिएनन् उनले । पाँच वर्ष जनताको सेवक भएर घरदैलो मै पुगेर सेवा दिइरहे । उनले वडावासीको मात्रै मन जितेनन् । विपक्षी दलका जनप्रतिनिधिहरुसँग समेत सधै समन्वयात्मक ढंगबाट सहयोग र सहकार्यका माध्यमबाट अघि बढिरहे ।

सामान्य विषयमा समेत दलगत विरोध हुने स्थानीय तहमा बाँसगढी ५ पृथक रह्यो । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा जितेका वडाध्यक्षका भरपर्दा र विश्वासिला जनप्रतिनिधि सदस्य उनी पौडेल रहे ।

वडाध्यक्षको अनुपस्थितिमा पौडेलले नै पाँच वर्षमा धेरै समय कार्यबाहक अध्यक्षका रुपमा जनताको सेवा गरे । उनी भन्छन्, ‘पाँच वर्षको अवधिमा जनताका पीडा र दुःख देखेको छुँ । अन्य धेरै कुराको विकास गर्नुछ । त्यसको लागि मलाई जनताको साथ चाहिन्छ । समग्र वडा नम्बर ५ को विकासका लागि उम्मेदवारी हो ।’

उमेरले बुढो हुँदै गए पनि जनताको सेवा गर्ने उनको इच्छा शक्ति भने अझै युवाको जस्तै छ । वडा नम्बर ५ को विकास गर्ने पूर्वयोजना र अनुभव छ । उमेरमा ५८ वर्ष पुगिसकेका हरिप्रसाद पौडेल वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन २०७९ मा जनप्रतिनिधिको रुपमा दोस्रो कार्यकालमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

पौडेलको जन्म २०२१ असोज ४ गते पर्वत जिल्लाको लुन्खु देउरालीमा भएको थियो । पौडेल सानै उमेरदेखि राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् । विद्यालय उमेरमै उनले कम्युनिस्ट पार्टीसँग आबद्ध भए ।

उनी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भए । वडाध्यक्षका उम्मेदवार पौडेल हालसम्म कम्युनिस्ट पार्टीको प्रारम्भिक कमिटी हुँदै क्याम्पस तहमा स्ववीयू सदस्य भइसकेका छन् । पौडेलको परिवार २०४५ सालमा बर्दियामा बसाइँसराइ गरेर आएको थियो ।

त्यसपछि उनी राजनीतिसँगै व्यवसायमा समेत सक्रिय भए । उनी बाँसगढी नगरपालिका वडा नम्बर ५ का वडा कमिटीको सदस्य भएका थिए । पछि वडा इन्चार्ज, क्षेत्रीय कमिटी सदस्य, क्षेत्रीय कमिटीको सल्लाहकार सदस्य हुँदै जिल्ला परिषद् सदस्य हुँदै जिल्ला कमिटी सदस्य साथै हाल वडा नम्बर ५ कोे ईन्चार्ज पद सम्हाल्दै आएका छन् । उनले आफ्नो उम्मेदवारी जनताको आवश्यकताअनुसार वडाको विकास गर्ने रहेको बताएका छन् । उनका अनुसार वडा नम्बर ५ लाई पाँच वर्षमा बाँसगढी कै नमुना बनाउने योजना छ ।

पाँच वर्षको अवधिमा उनकै सक्रियता र अगुवाइमा विकास निर्माणदेखि सामाजिक कार्य सम्पन्न भएका थिए । अब भने वडा नम्बर ५ को अध्यक्षका रुपमा काम गर्ने योजना रहेको उनको भनाइ छ ।

जनताको समस्या बुझेका, सधै जनताको साथमा रहने र पाका उमेरका पौडेल बलिया उम्मेदवार मानिन्छन् । आफूले जितेमा समृद्ध वडा बनाउने उनको योजना र उद्देश्य छ । उनले यसपटक आफूले जित्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९     3:36:46 PM  |