बाँके ।
कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर अस्मिता चौधरी लगायतका उम्मेदवारले शनिवार वडा नम्बर ९ मा घरदैलो गरेका छन् । उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत गरे ।
घरदैलोमा समेत देखिएको लहरले जित पक्का जस्तै बनेको एमाले नेताहरुको दावी छ । जहाँ जहाँ खिलप्रसाद पुग्छन् त्यहाँ मतदाताको लहर लाग्ने गरेको छ ।
भुषालले आफ्नो प्रति जनताको आर्कषण देखेर बिपक्षी हैरान भएको बताए । खिलप्रसाद मनको साफ भन्दै मतदाताहरुले स्वागत गरेका थिए । नेकपा एमालेले कोहलपुरमा घरदैलो अभियानलाई तिब्रता दिइरहेको छ ।
लामो समय पार्टीको संगठन निर्माणमा लागेका भुषाल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेका छन् । कोभिडको समयमा नागरिकलाई त्यसबाट बचाउन उनले खेलेको भूमिका प्रशंसा गर्न लागयक छ ।
जनताको भित्रि मनमा बस्न सफल भएका भुषाललाई कोहलपुरको मेयर बनाउने पक्का जस्तै भएको एमालेका युवा नेता खेमराज शर्माले बताए ।