मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९
बाँके ।
चुनावी सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आज बाँके आउने भएका छन् । नेपालगन्ज र कोहलपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न उनी बाँके आउन लागेका हुन् ।
साँझ नेपालगन्ज हुने चुनावी सभालाई सम्बोधनको लागि अध्यक्ष लिङ्देनसहितका नेता आउन लागेको राप्रपाबाट नेपालगन्जका मेयरका उम्मेदवार नन्दलाल वैश्यले जानकारी दिए ।
उनका अनुसार आज शनिबार साँझ नेपालगन्जको त्रिभुवन चोकमा चुनावी सभाको आयोजना हुँदैछ ।
कोहलपुरको न्यूरोडको खुला मैदानमा समेत साँझ ५ बजे चुनावी सभाको आयोजना गरिएको राप्रपाबाट मेयरका उम्मेदवार प्रदिपकुमार शाहले जानकारी दिए । दुवै स्थानमा हुने चुनावी सभाको तयारी तिव्र पारिएको छ ।