गेरुवा कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक बेपत्ता



बर्दिया ।

बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।

मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारू पौडी खेल्ने क्रममा बिहीबार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २३ गते शुक्रबार