29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

प्रशान्तले १८ नम्वर वडामा पुगेर भने, सानुसहितको टिमलाई जितानुहोस्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २३, २०७९  

नेपालगन्ज ।

नेपाली काँग्रेस र जनता समाजवादीको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट चुनावी घरदैलोका लागि आज विहानै वडा नम्वर १८ मा पुग्नुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ का वडाअध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद बर्मा सानुसहितका उम्मेदवार तथा नेताहरु सहभागी घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् ।

मतदाताहरुले नगरप्रमुख पदमा विष्ट र वडाअध्यक्ष पदका अध्यक्ष बर्मासँगै सम्पूर्ण टिमलाई जिताउनुको विकल्प नभएको बताए ।

‘युवा जोश जागर भएका उम्मेदवारलाईनै मतदान गर्ने हो मतदाताहरुले भने–‘त्यो जोश जागर विष्टमा देखियो हाम्रो भोट उहाँहरुलाई पक्का हो ।’ विष्टले कारकाँदो, लग्दहवालगायतका स्थानमा आयोजना गरिएका कोणसभालाई समेत सम्वोधन गर्नुभएको छ ।

ति कोणसभालाई सम्वोधन गर्दै विष्टले भन्नुभयो–‘सानुसहितको टिमलाई जितानुहोस् नमुना वडा बनाउँछौं ।’ घरदैलो तथा कोणसभा कार्यक्रममा काँग्रेसका शिर्षनेताहरु समेत पुगेका थिए ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २३, २०७९     1:05:19 PM  |