16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

चुनाव जिते तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने वैश्यको घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २३, २०७९  

बाँके ।

नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् ।

उनी नगरपालिकाको मेयर पदको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलार्इ कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्यले दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनतासँग भेट गरेका थिए ।

कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– १५ मा कोण सभा गर्दै जनताहरुलाई भेटघाट गर्दै र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए ।

वडा नंं १५ मा ईदगाह र सम्सानघाट समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरे ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २३, २०७९     12:49:05 PM  |