कोहलपुर ।
कोहलपुरमा नेकपा एमालेका मेयर पदका उम्मेदवार खिलप्रसाद भुषालको घरदैलो र चुनावी रणनीति सामु प्रतिस्पर्धीको घरदैलो फिक्का सावित भएको एमाले नेताहरु दाबी गर्छन ।
भुषाल बिरुद्ध भ्रामक प्रचारबाजी पनि नभएको होइन । त्यसको जवाफ घरदैलोमा हुने मतदाताको उपस्थितीले नै दिएको छ । भ्रामक प्रचारको जवाफ खिलप्रसाद र एमालेले दिनै परेनन ।
उनी जहा पुग्छन् मतदाताको भिड लाग्छ । स्थानीयको व्यापक सर्मथन पाएका छन् । कहिले मजदुरहरुको भेला गर्छन र त्यहाका समस्या टिपेर समाधानको प्रतिबद्धता जनाउछन् । कहिले मुक्त कमैयाको बस्तीमा पुगेर त्यहाको बस्तीलाई नमुना बनाउने प्रतिवद्धता जनाउछन् ।
भुषालले जहा जहा मतदाता भेट्न पुगेका छन् त्यहा त्यहाकाका मतदाताले सुनाउने प्रतिवद्धता नोट गरेर राखेका छन् । उनी भन्छन्–‘यसरी नोट गरेर राखेका विषयमा नै पछि समाधानको उपाय खोजिने छ ।’
एमाले नेताहरु भन्छन्–‘प्रतिस्पर्धीले खिलप्रसाद बिरुद्ध फैलाउन खोजेको भ्रम मतदाताले नै प्रतिवाद गरिसक्नुभयो । हामीले त केही भन्नैपरेन ।’
भुषाल सहित अन्य एमालेका उम्मेदवारको घरदैलोमा मतदाताको व्यापक उपस्थिती छ । घरदैलोमा समृद्ध कोहलपुर बनाउनका लागि एमाले उम्मेदवाहरु लाई मतदान गर्न अपिल गरिएको छ ।