4 February 2023  |   शनिबार, माघ २१, २०७९

मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २२, २०७९  

बर्दिया ।

मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते हुनुभएको छ ।

श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । श्रेष्ठ चढेको मोटरसाइकललाई चौबाटोमा अर्को मोटसाइकलले ठक्कर दिएको हो ।

ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार श्रेष्ठको खुट्टामा चोट लागेको छ । घाइते श्रेष्ठलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरी भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज लगिएको छ । घाइते श्रेष्ठको दाँया खुट्टाको घुँडादेखि तलतिर भाँचिएको जानकारी दिइएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक ठाकुरबाबाका ज्ञानेन्द्रबहादुर खड्कालाई पनि समान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ नेकपा एमालेबाट यसअघि २०७४ सालको पालिका चुनावमा मेयर पदमा विजयी हुनुभएको थियो । यही वैशाख ३० गते हुने चुनावका लागि उहाँले पदबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएको हो ।

प्रकाशित मितिः बिहिबार, बैशाख २२, २०७९     5:20:17 PM  |