बाँके ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसीलाई कोहलपुरमा आफ्नै कार्यकर्ताले हातपात गरेका छन् । कोहलपुर नगरपालिका– २ मा सोमबार बाँके निर्वाचन क्षेत्र नम्बर १ का सभापति केसीलाई कार्यकर्ताले हातपातसहित दुव्र्यवहार गरेका हुन् ।
चुनावी ¥याली तथा घरदैलोमा सहभागी भएको बेला उनलाई बर्दहवा गाउँमा कांग्रेसकै कार्यकर्ताले हातपात र दुव्र्यवहार गरेको प्रहरीले स्रोतले जनाएको छ ।
टिकट वितरणमा क्षेत्रीय सभापति केसीको राम्रो भूमिका नभएको भन्दै आक्रोशित कार्यकर्ताले हातपात र दुव्र्यवहार गरेका हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कांग्रेसकै कार्यकर्ता समीर विकले सभापति केसीलाई हातपात र दुव्र्यवहार गरेका थिए ।
यसबारे बुझ्न खोज्दा क्षेत्रीय सभापति केसीसँग सम्पर्क हुन सकेन । कोहलपुर प्रहरीले क्षेत्रीय सभापतिलाई हातपात गर्ने विकको खोजी भइरहेको बताउँदै घटनाबारे अनुसन्धान अगाडी बढाइएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्