19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

श्रमिक दिवसमा श्रमिकसँग मेयरका उम्मेदवार भुषाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९  

बाँके ।

पछिल्लो समय कोहलपुर नगरपालिकामा बढी सन्चालनमा ल्याईएको छिटोछरितो र सर्वसुलभ यातायात साधनको माध्यम हो अटो र ई–अटो रिक्सा । जुन बढी संचालित छ तर त्यसको व्यवस्थापन राम्रो हुन नसकेको गुनासो इ–अटो रिक्सा मजदुर संगठनका अध्यक्ष बिनोद थापाले व्यक्त गरेका छन् ।

उनले श्रमिक मजदुरसँग प्रत्येक्ष जोडिएको अटो व्यवसायलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा अटो चालकले एकदमै दुख पाइरहेको बताए । श्रमिक दिवसको अवसरमा आइतबार श्रमिक मजदुरसँग नेकपा एमालेका मेयर पदका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता थारुसँग गरिएको परिचयात्मक कार्यक्रममा इ–अटो रिक्सा मजदुरका मात्र समस्या नराखी सम्पूर्ण मजदुरका समस्या समाधानबारे ध्यानआकर्षण गराएका हुन् ।

उनले पहिले ई–अटो रिक्सालाई कुनै पनि कागजात नचाहिने भनेर धमाधम संचालनमा ल्याइएको र अहिले इ–अटो रिक्सा चालकलाई सवारी अनुमती पत्र लगायत अन्य विभिन्न सिफारिस चाहिने हुदा सिफारिस लिन जाँदा पालिकाका कर्मचारीले दुख दिने अनि सवारी चालक अनुमती पत्र लिन पनि धेरैलाई असहज भएको भन्दै यी सबै समस्या समाधानको लागि पहल गरिदिन उनले आग्रह गरेका थिए ।

No description available.

कोहलपुरका मेयर पदका उम्मेदवार भुषालले १३६औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरिका सम्पूर्ण मजदुर एक हौं भन्दै मजदुर दिवसको शुभकामना दिदंै यत्रतत्र इ–अटो रिक्सा संचालन अनि जथाभावी पार्किङ गर्दा दुर्घटना निम्त्याईरहेको र आजसम्म पनि त्यसको पुर्ण रुपमा व्यवस्थापन हुन नसकेको तर व्यवस्थापनको पहल स्थानीय सरकारले सुरु गरिरहेको कामलाई आफू निर्वाचित भैइसकेपछी ती कामलाई निरन्तरता दिदै कोहलपुर नगरपालिका भित्र दर्ता भएका अटो व्यवसायीलाई रुट अनुसारले चलाउन अटो चालकको लागि अस्थायी लाइसेन्स भएपनी उपलब्ध गराउन पहल गर्ने र अटो रिक्साबाट हुने दुर्घटना न्यूनीकरणको लागि अटोरिक्सा बिमित र चालकको जीवन बिमाको लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अटो व्यवसायी र अटो संचालक अनि संगठनका भित्र हुने समस्यालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकामा सकारात्मक परिणाम र सकारात्मक कामको लागि तपाईं सम्पूर्ण मजदुरको पुर्ण रुपमा सहयोगको अपेक्षा रहेको बताए ।

प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९     11:01:03 AM  |