एमाले खजुराले ग¥यो प्रतिबद्धता सार्वजनिक



खजुरा ।

नेकपा एमाले खजुरा गाउँपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार खजुरामा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले खजुरा गाउँपालिकाले उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले अघि सारेका योजनाका अपूरा कामलाई पूरा गर्ने प्रतिबद्धतामा समेटेको एमालेका खजुरा गाउँपालिकाका अध्यक्ष गेहेन्द्र धितालले जनाए ।

एक सय १२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले खजुरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले आफ्नो पाँच बर्से कार्यकालभरि प्रतिबद्धता पूरा गर्न हरदम प्रयासरत रहने बताए ।

उनले खजुराका आमजनतालाई आफूले सार्वजनिक गरेका प्रतिबद्धतापत्र सिरानीमा राखेर सुत्न आह्वानसमेत गरे । अहिले सार्वजनिक गरिएका प्रतिबद्धता पूरा गर्न नसके खबरदारी गर्ने अधिकार जनतामा रहेको उनी बताउँछन् ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले उम्मेदवारी मनोनयनको क्रममा देखिएको एमालेको जनलहरले एमालेको जितको सुनिश्चित गरेको दाबी गरे ।

बाँकेमा सबै पालिकामा एमालेको जित्ने उनको भनाइ छ । कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ बाट नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी ५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।

एमाले खजुराले अध्यक्षमा सुमन मल्ल, उपाध्यक्षमा सजरुल निशा, वडा अध्यक्षहरुमा १ नम्बर वडामा जयवीर थापा, २ नम्बरमा समरबहादुर खत्री, ३ मा पूर्णबहादुर भण्डारी, ४ मा तिलकवीर सुनार, ५ मा रामकुमार यादब, ६ मा साबिर जोलाहर ७ मा अतिउल्ला खाँ र ८ मा लल्लु शेखलाई अघि सारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार