कोहलपुर ।
कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार प्रदीपजंग शाहले नेपालको राष्ट्रिय जनावर गाईको सरक्षण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर पदमा उम्मेदवारी दिएका शाहले कोहलपुरमा सुरक्षित गौचरण क्षेत्र हुनुपर्ने बताए ।
गाईको संरक्षणका लागि कोहलपुरमा व्यवस्थित गौचरण भूमि आवश्यक रहेको उनको भनाइ छ । ‘गाईको संरक्षण हुनुपर्छ । यसमा सबैको भूमिका महŒवपूर्ण छ । कोहलपुरमा मैले जितेभने गौचरण भूमिको व्यवस्था गर्छुं,’ मेयरका उम्मेदवार शाहले भने ।
उनले कोहलपुर नगरपालिकाको नेतृत्वले पाँच वर्षसम्म छाडा पशु चौपायाको व्यवस्थापन गर्न नसकेको बताए । स्थानीय सरकार गाईहरुको संरचनामा उदासीन रहेको उनको भनाइ छ ।

कोहलपुरको मेयरको उम्मेदवार रहेका शाह बिहीबार बिहान कोहलपुर–११ स्थित श्री राम जानकी गौशालामा गएका थिए । उनको साथमा उपमेयर पदकी उम्मेदवार सावित्रा भुसाललगायतको सहभागिता थियो ।
श्री राम जानकी गौशालाका अध्यक्ष भोलानाथ आचार्यले गौशालाले लामो समयदेखि पशुहरुको संरक्षण गरिएको बताए । उनका अनुसार गौशालामा हाल ७५ वटा पशु छन् । गौशाला अहिले विभिन्न दातृ निकायहरुको सहयोगमा सञ्चालन भइरहेको छ ।
गौशाला संरक्षणको लागि स्थानीय तथा प्रदेश सरकारले सहयोग गरेका छन् । प्रदेश सरकारले पशुहरुलाई आवश्यक पर्ने गड्यौलाको मल उत्पादनमा सहयोग गरेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्