19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बैंकको कालोसूचीमा रहेका नेपालगञ्ज- १७ का एमाले वडाध्यक्ष उम्मेदवारको मनोनयन रद्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १६, २०७९  

नेपालगन्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीन जनाको उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले दिएको जानकारीअनुसार नेकपा एमालेबा तर्फबाट नेपालगञ्ज उपमहानगरको वडा नम्बर १७ को वडाध्यक्षका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नम्बर ३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नम्बर ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो । पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईंले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका वाड नम्बर ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १६, २०७९     2:38:21 PM  |