नेकपा एमालेले हाइ कमाण्डको साथमा कोहलपुरमा एमाले उम्मेदवार परिचयात्मक कार्यक्रम सञ्चालन गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर सुरु गरेको कार्यक्रममा बुधबार वडा नम्बर ४ बाट सुरु गरिएको हो ।
वडाध्यक्षका उम्मेदवार सफिफ बेहना गुजर, सदस्य, मेयर पदका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता चौधरिले वडा नम्बर ४ का स्थानीय जनता माझ गएर आफ्नो प्रतिबद्धतासहित परिचयात्मक कार्यक्रम गरेका थिए ।
परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार भुषालले वडा नम्बर ४ र ५ लाई स्वच्छ र सफा खानेपानी, धुले सडकलाई ग्राभेल गर्ने र ग्राभेल सडकलाई कालोपत्र गर्ने अनि वडामा खेती किसानी गरेर आफ्नो जीवन चलाउने कृषकहरुको लागि बिउबिजन, मल अनि खेतका गरा गरामा सिचाईको व्यवस्था गर्ने र ४ नम्बर वडामा थारु, मधेशी र मुस्लिम समुदाय बढी भएको हुदा उनीहरुको संस्कृती अनि परम्परालाई जोड्दै उक्त वडालाई संस्कृती पर्यटनको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले लक्षित समुदाय र सिमान्तकृत वर्गको लागि निस्शुल्क शिक्षा स्वास्थ र रोजगारको व्यवस्था समेत गर्ने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ४ मा नेकपा एमालेका प्रदेश सदस्य प्रेम भुषालले एमाले उम्मेदवार विजयी बनाउन सबै वडाबासीसँग अपिल गरेका छन्। उनले लोकतन्त्र र समृद्ध कोहलपुर निमार्णमा स्थानीय सरकारमा एमालेको नेतृत्त्व आवश्यक रहेको बताए ।
यस्तै वडा नम्बर ५ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य नरेन्द शर्माले नेकपा एमाले जनताको पाटी भएको र एमालेले भौतिक संरचना निमार्ण देखि जनताका आधारभूत आवश्यकताहरु लाई मूलभूत रुपमा साकार गर्दै आएको बताउदै अबको दिनहरुमा पनि समृद्ध कोहलपुर अनि समृद्ध वडा बनाउन फेरी पनि एमाले सरकार स्थानीय तहमा आवश्यक रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्