नेपालगन्जको मेयरमा १८, उपमेयरमा १० जनासहित ७७९ जनाको उम्मेदवारी



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि १८ जना मेयर र १० जना उपमेयरसहित ७७९ जनाले उम्मेवारी दर्ता गराएका
छन् ।

आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको मनोनयन दर्तामा सोमबार राती अबेरसम्म पनि मनोनयन दर्ताको काम गरिएको थियो । कार्यालयका एक कर्मचारीका अनुसार बिहान ५ बजेतिर मात्रै उम्मेदवारको सूची तयार भएको हो ।

बिहान ६ बजे प्रकाशित उम्मेदवारहरुको सूचीअनुसार नेपालगन्जको मेयरमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपमेयरमा स्वतन्त्रबाट माओवादी पार्टीकी ताराकुमारी खत्रीको एकल उम्मेदवारी परेको छ ।

विभिन्न वडाध्यक्षमा मात्रै १६४ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा सबैभन्दा बढी वडा नम्बर ५ बाट ११ जनाले उम्मेदवारी दिएका छन् भने सबैभन्दा कम वडा नम्बर १०, १२ र १३ बाट पाँच-पाँच जनाले उम्मेदवारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार