कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ । सोमबार कोहलपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर मेयरमा पार्टीको आधिकारिक उम्मेदवारका रुपमा युवा नेता पूर्ण आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
उपमेयरमा महिला नेतृ संगीता सुवेदीले आफ्नो मनोनयन दर्ता गरेकी हुन् । यस्तै नेपाली कांग्रेसले १५ वटै वडामा उम्मेदवारी दर्ता गरेको हो ।
तर कोहलपुर कांग्रेसमा मेयरको टिकटको विषयलाई लिएर नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको निर्णयल अस्वीकार गर्दै पूर्वसभापति बलराम शर्माले बागी उम्मेदवारी दिएका छन् । उनलाई नेपाली कांग्रेसका पाका नेताहरुको साथ रहेको छ । गत निवार्चनमा नेपाली कांग्रेसले मेयरमा हार व्यवहोरेको थियो ।
उपप्रमुखमा नेपाली कांग्रेसकी सन्जुकुमारी चौधरीले जित हासिल गरेकी थिइन् ।
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार










प्रतिक्रिया दिनुहोस्