कोहलपुर : बाँकेको जिल्लाको एकमात्र उपमहानगर नेपालगन्जको मेयरको लागि नेकापा एमालेको तर्फबाट पशुपति दयाल मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।
गत मंसिरमा नेकपा एमालेमा प्रवेश गरेका मिश्रलाई यसअघि नै पार्टीले एकल उम्मेदवारको रुपमा छनौट गरेको थियो । नेपालगन्जस्थित पार्टी कार्यालयबाट शक्ति प्रदर्शन र झाकी सहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका मिश्रले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी सँगै एमालेकी शान्ति ढकालले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । यसैगरी नेकपा एमालेको तर्फबाट उपमहानगरका २३ वटै वडामा उम्मेदवारी दर्ता गरिएको छ ।
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार










प्रतिक्रिया दिनुहोस्