मेयरमा उम्मेदवारी दिदैं भुषालले भने, जस्तोसुकै गठबन्धन आएपनि परास्त गर्नेछौं (भिडिओ)



कोहलपुर ।

जस्तोसुकै गठबन्धन आएपनि कोहलपुरमा एमालले परास्त गर्ने एमालेबाट मेयरका उम्मेदवार खिलप्रसाद भुषालले बताएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कोहलपुरमा उम्मेदवारी दर्ता गराएपश्चात पत्रकारसँग कुराकानी गर्दै उनले अपवित्र गठबन्धनलाई परास्त गरिने उनले बताएका हुन् ।

‘जस्तोसुकै गठबन्धन आएपनि एमालेले जनताको साथ लिएर परास्त गर्छ’ मेयरका उम्मेदवार भुषालले भने, ‘कोहलपुरमा हामी फेरी एमालेको झण्डा गाड्नेछौं ।’ अर्को प्रसंगमा उनले कोहलपुरको विकासको लागि आफुले मेयर पदमा उम्मेदवारी दिएको बताए ।
भिडिओ

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार