नेपालगञ्जमा माओवादीले तोड्यो गठबन्धन : मेयर, उपमेयर र २३ वटै वडामा एकल उम्मेदवारी दिने निर्णय



नेपालगञ्ज :

नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरमा एक्लै चुनाव लड्ने भएको छ । यसअघि पटक पटक गठबन्धनको प्रयास भएपनि मनोनयन दर्ता सुरु हुनु अघिल्लो दिन नेकपा माओवादी केन्द्र नगर कमिटीले एक्लै निर्वाचन लड्ने निर्णय गरेको हो ।

अब नेकपा माओवादी केन्द्रले नेपालगन्जमा मेयर, उपमेयर र २३ वटै वडामा उम्मेदवारी दिने भएको छ । गठबन्धनले माओवादीलाई मेयर उपमेयर केही पनि नदिएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको शनिवार अपरान्ह आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको थियो ।
माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार माझ विज्ञप्ती जारी गर्दै माओवादीले सैद्धान्तिक रुपमा गठबन्धनलाई स्विकार गरेर अगाडी बढिरहेको अवस्थामा नेपालगञ्जमा मेयर उप मेयर नपाउँदा वडामा न्याय गर्न काँग्रेस र जसपासंग छलफल गरिएपनि वास्ता नगरिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिने र निर्वाचन एक्लै लड्ने निर्णय गरिएको बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार