20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दुई वटा मोटरसाइकल ठोकिँदा तीनको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १०, २०७९  

राजविराज ।

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

प्रकाशित मितिः शनिबार, बैशाख १०, २०७९     3:17:19 PM  |