बाँके ।
नेकपा (माओवादी केन्द्र) कोहलपुरले नगरपालिका १३ वटा वडामा अध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ । आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि माओवादीले नगरका १३ वडामा उम्मेदवारको टुंगो लगाएको हो ।
नगरमा रहेका १५ वडामध्ये १३ वडामा सर्वसम्मतरुपमा उम्मेदवारहरु छनोट गरिएको नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
वडा नम्बर ४ र ११ मा वडाध्यक्ष पदका आकांक्षी धेरै भएकोले सहमतिको प्रयास भइरहेको माओवादी कोहलपुरले जनाएको छ । वडा नम्बर १ मा बद्रीप्रसाद जैसी ‘हेमन्त’, वडा नम्बर २ मा अमर विक, वडा नम्बर ३ मा केशव रिजाल, वडा नम्बर ५ मा कृष्ण थारु र वडा नम्बर ६ बाट रामशरण थारु वडाध्यक्षको उम्मेदवार भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ मा तेजबहादुर पुन, वडा नम्बर ८ मा चन्द्र बुढा, वडा नम्बर ९ मा ओपेन्द्रनाथ योगी, वडा नम्बर १० मा कैलो बोहोरा ‘कुशल’, वडा नम्बर १२ मा निरक शाही, वडा नम्बर १३ मा मीना पुन, वडा नम्बर १४ मा दानबहादुर ओली ‘निर्माण’ र वडा नम्बर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्वसम्मतरुपमा चयन गरेका हुन् ।
बाँकी रहेका दुई वडामा समेत छिट्टै नै उम्मेदवारको टुंगो लगाइने माओवादी कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्