कोहलपुर : बैशाख ३० गते हुने निर्वाचनको लागि मनोनयन गर्ने मिति नजिकिदै गर्दा बाँकेका जनप्रतिनिधि राजिनामा दिन थालेका छन् । यसको सुरुवात जिल्लाको एकमात्र नगरपालिका कोहलपुरबाट सुरुवात भएको छ ।
कोहलपुर नगरपालिकाका सदस्य भीमबहादुर नेपालीले पदबाट राजिनामा दिएका छन् । उनले आफू आसन्न निर्वाचनको लागि वडा नम्बर ८ को अध्यक्षको आकांक्षी भएका कारण निर्वाचन आचारसंहिताको पालना गर्दै राजिनामा दिएको बताएका छन् ।
उनी कोहलपुर नगरपालिका विधायन समितिका संयोजक समेत हुन् । उनले पाँच वर्षको अवधिमा विशेषगरी स्थानीय सरकारको कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा कोहलपुर नगरपालिकाले हालसम्म १ सय भन्दा बढी कानुन निर्माण गरेको छ ।
‘नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सस्थापक जनप्रतिनिधि कोहलपुर नगरपालिका नगरकार्यापालिका सदस्य मा सेवा गर्ने अवसर नेकपा एमाले पार्टीले दियो। आज मिति २०७९ साल वैशाख ३० गते हुने स्थानीय निर्वाचन मा कोहलपुर वडा नम्बर ८ को वडा अध्यक्ष को आकांक्षी भएको कारण निर्वाचन आचारसंहिता अनुसार आज मैले राजीनामा दिएको छु । ’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । आगामी निर्वाचनको लागि औपचारिक रुपमा राजिनामा दिने उनी बाँकेको पहिलो जनप्रतिनिधि हुन् । उनको राजिनामा स्वीकृत भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।











प्रतिक्रिया दिनुहोस्