एमालेबाट राप्तीसोनारीको अध्यक्षमा मनोज केसी सशक्त दाबेदार



कोहलपुर ।

नेकपा एमाले राप्तीसोनारी गाउँपालिका कमिटीले गाउँपालिका अध्यक्षको उम्मेदवारको लागि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । युवा नेता समेत रहेका एमालेका गाउँपालिका अध्यक्ष मनोज केसी, रामदास थारु र थारुको नाम जिल्लामा सिफारिस गरिएको छ ।

यी तीन जनामध्ये एक जनाले आसन्न स्थानीय तह निर्वाचनको लागि राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदको टिकट पाउँनेछन् । तीन जनामध्ये सबैभन्दा बढी सम्भावना युवा नेता मनोज केसीको देखिएको छ ।

गाउँपालिकामा नेता कार्यकर्ता र मतदाताले रुचाएका कारण उनको चर्चा दिनप्रतिदिन चुलिरहेको छ । केसीलाई अध्यक्षको टिकटमा दिएमा जीत हासिल गर्न सहज हुने भन्दै नेता कार्यकर्ता उनीलाई नै अध्यक्षको उम्मेदवार दिनुपर्ने बताइरहेका छन् । टिकट पाएर पालिका अध्यक्षमा निर्वाचित भएपछि आफुले सरकारी सेवा सुविधा कुनै नलिने केसी बताउँछन् ।

‘गाउँपालिकाको नेतृत्व लिएपछि सरकारले प्रदान गर्ने तलब, भत्ता, गाडी लगाएतका कुनैपनि सरकारी सेवा सुविधा लिदैंन’ उनले भने । सरकारबाट आउने बजेट कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने, राप्तीको अवैध दोहन रोकेर सरकारी राज्यको वृद्धिमा लाग्ने, प्राकृतिक दोहनबाट आएको राजस्व गाउँपालिकाकै विकासमा लगाउने समेत उनले बताए ।

अध्यक्ष पदका दाबेदार केसीले स्थानीय बासिन्दाका समस्यमा पहिलेदेखि आफुले व्यक्तिगत रुपमा सक्दोजती सहयोग गर्दै आएका छन् । ‘जनताको आवश्यकता र समस्यासँग म नजिकै छु ।

पदमा नहुँदा समेत समस्यामा परेकालाई सहयोग गर्दै आएको छु’ उनले भने, ‘पार्टीले टिकट दिएमा राप्तीसोनारी गाउँपालिकाबासीको निःस्वार्थ सेवा गर्ने लक्ष्य छ । विभिन्न कारणले म नै बलियो पात्र भएकोले टिकट दिन्छ भन्ने लागेको छ ।’

को हुन् मनोज ?

राप्ती सोनारी गाउँपालिका–८ का स्थायी बासिन्दा मनोज २०६० सालदेखि नै राजनीतिमा सक्रिय छन् ।

कक्षा आठमा पढ्दै गर्दा उनी अनेरास्ववियूमा आवद्ध भएका थिए । उच्च शिक्षा हासिल गर्ने क्रममा समेत त्रिचन्द्र, पाटन लगायतका कलेजका कमिटीका विभिन्न पदमा रहेर काम गरे । २०६२/०६३ को आन्दोलनमा समेत केसीले संक्रिय सहभागिता जनाएका थिए ।

नेकपा हुँदा उनी सचिव भएर राप्ती सोनारी गाउँपालिकामा काम गरिसकेका छन् । हाल नेकपा एमाले राप्तीसोनारी गाउँपालिका अध्यक्ष समेत उनी रहेका छन् । पार्टीले दिएको जिम्मेवारी ईमानन्दारीतापूर्वक केसीले निभाउँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ७ गते बुधबार