कोहलपुर नेपालगन्ज सडक खण्डको पिपिरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाईते भएका छन् ।
कोहलपुरदेखि नेपलागन्जतर्फ जाँदै गरेको भे १२ प ४०५७ नम्बरको मोटरसाईकल शनिबार साँझ गाईमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कोहलपुर नगरपालिका–६ का ५० वर्षीय शिवराम पोखरेलको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
गम्भीर घाईते उनीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँकै ३२ वर्षीय ओम शर्मा गम्भीर घाईते भएका छन् ।
बीच सडकमा रहेको गाईसँग ठोक्किदाँ मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७९ वैशाख ४ गते आइतबार










प्रतिक्रिया दिनुहोस्