बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाईते भएका छन् ।
कोहलपुर– २ सालको बुँटामा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको थियो ।
ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार










प्रतिक्रिया दिनुहोस्