सुजुकीको नयाँ वर्ष ग्राहक योजना सुरु



कोहलपुर ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङसको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले यस नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी नयाँ वर्ष कार’ योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा कम्पनीले ग्राहकका लागि ‘सुजुकी नयाँ वर्ष कार’ योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुटको सुविधा दिएको छ । यस्तै एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाइनेछ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरकफरक हिसाबका छुटहरु लागू हुनेछन् ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेनआर, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्रीवितरण गर्दै आएको छ ।

यो योजना नेपालगन्जमा भने आधिकारिक विक्रेता युनाइटेड अटोमोटिभ प्रालिमा लागू हुनेछ । अटोमोटिभ नेपालगन्जका म्यानेजिङ डाइरेक्टर हिमान्सु यादवले यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार