कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन रेडक्रसले स्वयम्सेवक परिचालन गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको साझेदारीमा नरैनापुर र जानकी गाउँपालिकामा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन भएको छ ।
उक्त कार्यक्रमअन्तर्गत बुधवार नेपालगन्जमा सरोकारवालाबीच परिचयात्मक तथा समन्वयात्मक कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ विरुद्घको खोप समतामूलक रुपमा सबैको पहुँचमा हुने गरी गुणस्तरीय, सुरक्षित र सर्वसुलभरुपमा प्रदान गर्न सहयोग गर्ने र कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न नेपाल रेडक्रसका स्वयम्सेवक परिचालन गर्ने रहेको छ ।
सरोकारवालाका प्रतिनिधिहरुले कोभिड–१९ विरुद्ध खोप लगाउन छुटेको र लगाउन नमान्ने समुदायका व्यक्तिलाई खोपको महŒव, प्रभावकारीता, फाइदा आदिका बारेमा समुदायका अगुवा र लाभाविन्तको घरघरमा पुगी स्पष्ट जानकारी दिएमा खोप लगाउनेको संख्यामा वृद्धि हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्