कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाको चौराहा क्षेत्रमा जनताको सेवामा खटिने सुरक्षाकर्मीहरुलाई विस्कुट र चिसो पानी सहयोग गरिएको छ । पछिल्लो समय गर्मीयाम बढिरहेको र गर्मीको समयमा पनि जनताको सेवामा खटिरहने सुरक्षाकर्मीहरुलाई कोहलपुर युवा क्लवले सहयोग गरेको हो ।
अध्यक्ष रमेश वर नयाँ वर्षको अवसर पारेर क्लबले सुरक्षाकर्मीहरुलाई सहयोग गरेको बताउँछन् । उनका अनुसार नयाँ वर्षको शुभकामना सहित चौराहा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सघाउ होस् भनेर सहयोग गरिएको हो ।
‘ कोहलपुरका जनताको उहाँहरुको भूमिका महत्वपूर्ण । उहाँहरुका कारण शान्तिसुरक्षा कायम भइरहेको छ । त्यसैले क्लवले सहयोग गरेको हो । ’उनले भने ।
लामो समय बाल क्लबमा आवद्ध वरको अध्यक्षतामा केही समय पहिले कोहलपुर नगर स्तरीय युवा क्लव गठन गरिएको थियो । युवा क्लवले युवाहरुको शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्