रातिको समयमा सडकको एक छेउमा एकजना वृद्धाको हात समातेर तीनजना बालबालिका हिँडिरहेका छन् । उनीहरुको पछि केही दूरीमा चाारजना महिलाहरु हिँडिरहे छन् । केही समयमै उज्यालो छर्दै मोटरसाइकलले उनीहरुलाई पार गर्छ ।
लगत्तै एउटा कार तीव्र गतिमा गुड्दै आउँछ र अगाडि हिँडिरहेका दुईजना बालक र एक वृद्धालाई ठक्कर दिएर उछिट्याउँदै अघि बढ्छ । सँगै हात समातेर हिँडिरहेकी एक बालिका हेरेको हे¥यै बन्छिन् । पछाडि हिँडिरहेका महिलाहरु दौडिँदै गाडीलाई पछ्याउँछन् ।
यो दृष्य, आइतबार राति नेपालगन्जमा भएको भयानक दुर्घटनाको सिसिटिभीमा कैद भएको हो । तीव्र गतिमा रहेको देखिएको कारको ठक्करबाट दुई बालक र एक ज्येष्ठ नागरिकसहित तीनजनाको ज्यान गएको छ ।
कारकाँदोबाट गणेशमान चोकतर्फ गइरहेको उक्त कारको ठक्करबाट ज्यान गुमाउनेमा नेपालगन्ज ११ सुन्दरमण्डीका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कसिम इद्रिसी र ५ वर्षीय अलि अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
स्थानीयका अनुसार गर्मी छल्न सजिलो हुने र सडक पनि खाली हुने भन्दै आफन्त र छिमेकीहरुसहित उनीहरु डुल्न निस्किएका थिए । समिना र कसिम हजुरआमा–नाति र अन्सारी छिमेकी हुन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार कार चालकले मदिरा सेवन गरेको पाइएको छ । यद्दपि उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले कार चालकले दिउँसो ३ बजे मापसे सेवन गरेको स्वीकार गरेको र काठमाडौंबाट आएको बयान दिएको जानकारी दिए ।
लामो बाटो यात्रा गरेको र राति पनि भइसकेकोले उनी निदाएपछि दुर्घटना भएको आशंका गरिएको उनको भनाइ छ । ती व्यक्तिले आफूले अगाडि हिँडिरहेका व्यक्तिहरुलाई नदेखेको र एक्कासी ठोक्किन पुगेको बताएका डिएसपी न्यौपानेको भनाइ छ । तर सिसिटिभी फुटेजमा कारको गति तिव्र रहेकोले उनको लापरबाही प्रष्ट देखिएको उनले बताए ।
प्रहरीका अनुसार आइतबार राति पौने १२ बजे नेपालगन्जको वीपी चोक र धम्बोझी सडकखण्डमा हिँडिरहेकालाई प्रदेश ३–०१–२३च८४८१ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्कर दिएर ज्यान लिने कार चालक नेपालगन्ज १० का २८ वर्षीय इन्द्रबहादुर थापाले ठक्कर दिएका व्यक्तिहरुलाई आफ्नै कारमा राखेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भने पु¥याएका थिए ।
हुँदैन मापसे जाँच
आइतबार भएको यो कहाली लाग्दो दुर्घटनाको एउटा कारण कार चालकले मादक पदार्थ सेवन गर्नु रहेको प्रहरीको भनाइबाट नै बुझ्न सकिन्छ । कम्तिमा रातिको समयमा भए पनि मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने व्यवस्था चुस्त भएको भए सम्भवतः उक्त दुर्घटनालाई रोक्न सकिन्थ्यो । तर बाँकेमा मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने काम नियमितरुपले हुँदैन । कहिलेकाहिँ देखाउने हिसाबले मात्रै मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्ने गरिएको पाइएको छ ।
चेकजाँचको निरन्तरता र पर्याप्त मात्रामा गर्न नसकिएमा यस्ता दुर्घटनाहरु फेरि पनि नहोलान् भन्न सकिन्न । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहका अनुसार हाल चाडबाड, शुक्रबार या विशेष अवसर लक्षित गरेर मात्रै मापसे चेकजाँच भइरहेको छ । यसका साथै बढी जोखिम भएका क्षेत्रमा पनि छड्के जाँच गर्ने गरिएको छ ।
‘हामी लक्षित क्षेत्रअनुसार मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्दै आएका छौं,’ प्रमुख शाहले भने, ‘सीमित जनशक्ति र सधानका कारण पर्याप्त मात्रामा गर्न नसकिएको होला । तर, सकेसम्म सचेतना बढोस् भन्ने हिसाबले पनि मादक पदार्थ सेवन जाँच गरिरहेका हुन्छौँ ।’
अर्काेतिर जिल्ला ट्राफिक प्रहरीसँग मापसे चेकजाँच गर्नका लागि मात्र चारवटा ब्रेथलाइजर मेसिन छन् । ती मेसिन बाँकेका लागि आवश्यकताभन्दा अत्यन्तै न्यून रहेको प्रमुख शाहको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्