नेकपा एमाले कोहलपुर नगरपालिकाले कोहलपुरको उपमेयरको उम्मेदवार छनोटका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको नगर कमिटीको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले उपमेयरको लागि रेशम खत्री, अनिता पौडेल र अस्मिता थारुको नाम सिफारिस गरेको थियो ।
तीन जनामध्ये एकजना मात्र उम्मेदवार छनोट हुनेछन् । कोहलपुरको मेयरको लागि समेत तीन जनाको नाम सिफारिस गरिएको छ ।
प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार










प्रतिक्रिया दिनुहोस्