महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयरकाउम्मेदवारमा क्रमशः महमुद आलम सिद्धिकी र ममत बानियाँलाई टुंगो लगाएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्व कृषि तथा सहकारी मन्त्री अकबाल अहमद साहको उपस्थितिमा नेपालगन्जमा पत्रकार भेटघाट आयोजना गर्दै (लोसपा)बाँकेले नेपालगन्जसहित जानकीमा उपाध्यक्ष उम्मेदवार पनि टुंगो लगाएको जनाएको छ ।
यस्तै, जानकी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारमा प्रभादेवी मिश्रलाई उम्मेदवार तोकिएको लोसपाले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य साहले पार्टीले महानगरपालिकाबाहेकका स्थानीय तहमा जिल्लास्तरीय नेतृत्वले अरु पार्टीसँग समिकरणको टुंगो लगाउन सक्ने निर्णय गरिएको जानकारी दिए ।
स्थानीय तहमा कस्तो अवस्था छ त्यहीअनुसार समकिरण गर्न सक्नेगरी जिम्मेवारी जिल्ला कमिटीलाई दिइएको उनले बताए । बाँकेका सबै स्थानीय तहमा उम्मेदवारी र को सँग समिकरण गर्ने भन्नेबारे टुंगो लागिनसकेको साहले बताए ।










प्रतिक्रिया दिनुहोस्