मनप्रसाद आचार्य
अध्यक्ष, बागेश्वरी यातायात व्यवसायी प्रा.लि.
यस विषयमा हामीलाई अत्यधिक गुनासो आउँछ । जथाभावी गाडि रोक्ने र रकम असुल्ने काम राम्रो होइन । चौराहा क्षेत्रमा ५ सय मिटर खाली गर्ने निर्णय भएको छैन । हाइस्कूलतिर जरिवाना काट्ने मात्रै भएको छ ।
ट्राफिक प्रहरीले त्यसको पुर्जी (रसिद) दिदंैन । त्यहाँ सुधार हुनुपर्ने वातावरण नै सिर्जित भएको छैन । राम्रोसँग सुधार गरेर जाने हो भने नियमभन्दा बढी लोड ल्याएका, कागजपत्र नभएकालाई कारबाही गर्ने हो भने उनीहरु सजक हुन्छन् । तर कारबाही गर्ने, जरिवाना दिने वित्तिकै अपराध गरेको भएपनि छुट हुने भनेपछि झन् विकृति बढ्छ ।
त्यसैले गल्ती के हो पहिचान गरी, गल्तीको आधारमा नियमअनुसार कारबाही हुनुपर्छ । गल्ती जे गरेपनि जरिवाना गर्ने वित्तिकै मुक्त हुने भनेपछि त्यो संविधानभन्दा माथि भयो ।
राजस्व उठाउने जरिवाना काट्ने र दुःख दिने मात्रै भन्दा पनि ट्राफिक व्यवस्थापन चुस्तदुस्त र मर्यादित हुनुपर्छ । एक चोटी गलत गरेको मान्छे कारबाही प¥यो भने त्यो अर्कोपटक सजक हुन्छ । समस्या पहिचान गरी दीर्घकालीन व्यवस्थापन हुनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्