कोहलपुर : कोहलपुर नगर स्तरीय युवा क्लव सञ्जालको अध्यक्षमा रमेश वर चयन भएका छन् । बुधबार कोहलपुरमा सम्पनन भेलाले वरको अध्यक्षतामा नगर स्तरीय युवा क्लव गठन गरेको हो । 15 सदस्यीय सञ्जालको उपाध्यक्ष वर्षा शर्मा चयन भएकी छन् ।
यस्तै सचिवमा राजबहादुर शाही र कोषाध्यक्षमा पार्वती वि.क.लाई चयन गरिएको हो । सदस्यहरुमा अनिल कुमार शाही, स्वास्तिका थारु, मोहम्मद हारुन, तुुफान बुढाथोकी र रिमा थारु रहेका छन् भने अन्य सदस्यहरुमा पोषणजंग शाह, संगिता परियार, मोहन रावत,प्रेम पौडेल, शुस्मा शाही ठकुरी, लक्ष्मी कार्की र मोहन रावत रहेको अध्यक्ष वरले जानकारी दिए ।
उनी यसअघि कोहलपुर नगरपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष थिए । उनी हाल समाजसेवामा सक्रिय छन् । कोहलपुरका युवाहरुमा भएको समस्या समाधानका लागि आफू सधै सक्रिय रहने उनले बताए । उनका अनुसार कोहलपुरमा रहेका वेथिति हटाउनको लागि पहल गरिनेछ । उक्त सभामा कोहलपुरका मेयर लूटबहादुर रावत लगायतका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।स्याक नेपाल को समन्वय र नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।










प्रतिक्रिया दिनुहोस्