बर्दिया र बाँकेमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



बाँके ।

बाँके र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बर्दियास्थित बाँसगढी नगरपालिका–८, ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक उनी बाँकेस्थित बैजनाथ गाउँपालिका–५, का हुन् । ईलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार सोमबार राति भे१त ३१७ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोकिएको थियो ।

मृतक चौधरीले भे ३ प ७७५९ नम्बरको मोटरसाइकल चलाएका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा २२ वर्षीय कविराम चौधरीसमेत गम्भीर घाइते भएका छन् ।

यस्तै बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–८ मा मंगलबार बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्वबाट सुर्खेत जाँदै गरेको ना५ख ३८३६ नम्बरको बसको ढोकाबाट खसेर ४० वर्षीय विनोद आचार्यको मृत्यु भएको हो ।

दुवै सवारी दुर्घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २३ गते बुधबार