नरैनापुरका आगलागी पीडितलाई गाउँपालिकाको राहात



कोहलपुर ।

नरैनापुरका आगलागी पीडितलाई गाउँपालिकाले मंगलबार बिहान राहात वितरण गरेको छ । आगलागी पीडितलाई तत्कालको लागि नरैनापुर गाउँपालिकाले खाद्यान्नसहित अन्य सामाग्री दिएको हो ।

वडा नम्बर– ४ को कृष्णनगरमा सोमबार दिउँसो आगलागी हुँदा १५ घर जलेका थिए । गाउँपालिकाले आगलागी पीडित परिवारलाई चामल, दाल, आलु, नुन, त्रिपाल, डेक्ची, प्याज लगायतका सामाग्रीहरु सहयोग गरेको थियो ।

गाउँपालिका लेखापाल प्रकाश अधिकारीकाअनुसार मंगलबार बिहान गाउँमै पुगेर वडाअध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतसहितले टोलिले राहात दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार