मौरीपालक किसानलाई अनुदान



कैलाली ।

कैलालीको जानकी गाउँपालिका–४, का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६, स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा जान्छन् । ६ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्छन् ।

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पु¥याउन पनि उनई कुनै समस्या छैन । ‘मसँग धेरै मौरी त छैन । व्यवसायलाई बिस्तारै बढाउँदै गएको छुँ,’ उनले भने, ‘मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छुँ ।’

उनी मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छन् । उनको सबै परिवार नै कृषिमा केन्द्रित छ । ‘कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन,’ किसान बलबहादुरले भने, ‘स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । होउन भने मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।’

उनी मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् ।

त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ । कतिपय किसानले व्यावसायिकरुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन् ।

बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी पाँच सयभन्दा बढीमा बिक्री गर्दै आएका छन् ।

पछिल्लो समयमा अन्य कृषि पेसासँगै किसानले मौरीपालनलाई समेत महŒवका साथ लिएका छन् । अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जनाए । उनले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार